Wednesday 4 March 2020

कोरोनाबाट डराउने होइन आफुलाई तयार बनाउनु होस्


    अहिले कोरोना भाइरसको संक्रमणले हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ। छिमेकी राष्ट्र चीनदेखि सुरु भएको कोरोना भाइरस (COVID-19) अहिले विश्वव्यापी रुपमा फैलिरहेको | हालसम्मको तथ्यांक अनुसार झन्डै ८० देशमा फैलिसकेको कोरोनाबाट अहिलेसम्म ३१ सय ६० भन्दा धेरैको ज्यान गैसकेको भने झण्डै ९३ हजारमा संक्रमण भएको ४८ हजार भन्दा धेरै मानिस उपचारपछि निको भएर घर फर्किएका छन् ।विश्वभर फैलिएको कोरोनाको प्रभाव हालसम्म नेपालमा नदेखिए पनि संक्रमणको उच्च जोखिममा रहेको तथ्य विश्व स्वास्थ्य संगठनले प्रस्तुत गरिसकेको छ कोरोना भाइरस नेपालमा फैलियो भने मनोसामाजिक तथा मनोबैज्ञानिक कारणले बढी क्षति हुनेछ तसर्थ हामीहरु मानसिक रुपमा तयार हनुपर्दछ मनोबल उच्च राख्नुपर्छ। आज म कोरोना भाइरसको संक्रमणबाट हुने महामारीलाई कसरि रोकथाम गर्ने अनि संक्रमण भइहाल्यो कसरि योग, जडीबुटी अनि घरेलु उपचारबाट ठिक हुने भन्ने बारेमा चर्चा गर्नेछु|

सर्वप्रथम मनोवैज्ञानिक एवं मनोसामाजीक रुपमा आफुलाई सबल र सक्षम राख्न को लागि कोरोना भाइरस र यसको संक्रमण बारे निम्न तथ्यहरूलाई जानौ|       
  •  हाम्रो शरीर तथा वरपर करोडौं किटाणुहरू छन्। त्यस मध्ये नोबेल कोरोना पनि एउटा भाइरस हो। हाम्रो शरिरको प्रतिरक्षा प्रणालीले तेस्ता कीटाणुहरुलाई नष्ट गरिरहेको हुन्छ| संक्रमित त्यो व्यक्ति मात्र हुन्छ जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ। रोगसँग लड्ने क्षमताको बिकास गरेमा यस्ता रोगसँग डराउनु पर्दैन
  • कोरोना कमजोर भाइरस हो| यसको संक्रमण सबैलाई हुँदैन| दीर्घ रोगी, बृद्धबृद्धा तथा अन्य रोगसँग लड्ने क्षमता नभएका केही व्यक्तिलाई मात्र यो संक्रमण सर्न सक्छ। कोरोना सर्यो भनेपनि आत्तिनु पर्दैन। यसको मृत्युदर निकै कम छ। १०० जनालाई संक्रमण भयो भने देखि जनाको मात्र मृत्यु हुनसक्छ। सामान्य रुघाखोकीले विश्वमा प्रत्येक वर्ष ,५०,००० व्यक्तिको मृत्यु हुने तथ्यांक छ| कोरोना संक्रमण भएको व्यक्तिले औसत देखि जनालाई मात्र रोग सार्न सक्छ। तसर्थ कसैलाई संक्रमण भयो भन्दैमा सबै आत्तिनु पर्दैन।
  •  कोरोना बिरुद्ध मानसिक रुपमा तयार हुनको लागि, भोलि सहर लक डाउन भयो भने सुरक्षित हुनको लागि - महिनाको जोहो गर्दा राम्रो हुन्छ। जस्तै : नियमित खाने औषधि, अत्यावश्यक खाद्य पदार्थ , प्राथमिक उपचारका औषधि जस्तैसिटामोल, रुघाखोकीको औषधि आदि
  • विश्वासिलो मेडियाको मात्र समाचार पढ्ने, सुन्ने, विश्वास गर्ने बानी बसाल्दा अनावश्यक मानसिक दवाव झेल्नु पर्दैन|
  • क्यान्सरलाई आत्मबलले जित्न सकिन्छ भने यो केवल रुघाखोकी मात्र हो। तसर्थ डराउनु पर्दैन।
  • कोरोना भाइरसको उद्गम स्थल चाइनाको वुहान शहरमा केवल Antibiotics को प्रयोग गरि लाक्षणिक उपचार (Symtomic Treatment) बाट मात्र धेरै संख्यामा संक्रमित निको भएर घर फर्की सकेका छन्| 
  •  यसको रोकथाम हाम्रो हातमा छ। भीडभाडमा नजाने, हात धोइरहने, बिना काम घर बाहिर नजाने अनि बाहिर जादा मास्क एवं पन्जाको प्रयोग गर्दा पनि उच्च जोखिम कम हुन्छ।
  • कोरोना भाइरसको लागि गर्मी प्रतिकूल मौसम हो। हामीकहाँ गर्मी सुरु भएको छ। तसर्थ जाडोमा जस्तो छिटो फैलिने सम्भावना एकदम कम छ।
  • कोरोना भाइरस बिरुद्ध खोप, औषधि आदिको अनुसन्धान भइरहेको छ |

अब कुरा गरौ कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनको लागि कस्ता उपायहरु अपनाउन सकिन्छ |

  •  कोरोना भाइरस हावाबाट सर्ने रोग भनिएको यस्ता रोग पहिले जनवारमा विषेश गरेर स्तनधारी पसुको श्वास-प्रश्वासको माध्यमबाट एक अर्कामा सर्ने गर्दछ कोरोना संक्रमण अति तीब्र रुपमा फैलने रोग हो त्यसैले अनावश्यक रुपमा बजार, भिडभाड एवं अन्य हुल हुज्जतमा नजाऔँ | घरबाट बाहिर जानु परेमा, सार्वजनिक यातायात प्रयोग, भीडभाँडमा जाँदा वा मानिसहरुको समुह भएको कार्यस्थलमा जाँदा पञ्जा (Glove) तथा फेस मास्क (Face mask) अनिवार्य लगाऔ
  • एक पटक प्रयोग गरिसकेको फेस मास्क वा पञ्जा पुन: दोहर्याएर प्रयोग नगरौ वा दैनिक सफा/परिवर्तन गरौ
  • घरको झ्याल, ढोका खोल्दा वा बन्द गर्दा पञ्जाको प्रयोग गरौ वा खोलीसकेपछि/बन्द गरिसकेपछि ह्यान्डिल छोएको हात साबुन पानीले कम्तिमा 20 Second धोऔ वा Hand Sanitizer को प्रयोग गरौ ल्यापटप, मोवाइल, टेलिफोन, कलम, खेलौना वा अन्य नियमित प्रयोग हुने बस्तु सामग्री प्रयोग पश्चात पनि साबुन पानीले तत्काल हात धोऔ |
  •  कोरोना भाइरस तातोमा नरहने हुनाले पिउदा तताएको पानी प्रयोग गरौ|
  • सम्भव भएसम्म शाकाहारी भोजन ग्रहण गरौ नसकिएमा माछा मासुजन्य बस्तु राम्रोसंग पकाएर मात्र खाने गरौ रोग नलागेको घरमा पालिएको जीव जनावर बाहेक सकभर जीउँदो पशु वा पन्छी खरिद नगरौं। जीव जनावरहरु छोएपश्चात तत्काल साबुन पानीले हात धोऔ|
  • यदी कसैलाइ ज्वरो सहितको रुघाँखोकी लागेको भने घर भन्दा बाहिर यात्रामा नस्किऔ घरमा छुट्टै Isolation Room मा राखी उपचार गरौं बिरामीको स्याहार सुसार गर्दा बिशेष सतर्कता अपनाऔ
  • नियमित व्यायाम, योग, हाइकिंग गरौँ खेल खेल्ने बानी बसालौं पुरा दीनभरमा कम्तीमा लिटरसम्म पानी पिऔं सकभर काँचो खानेकुराहरु नखाऔ शरिर सफा राखौ सफा कपडा मात्र प्रयोग गरौं यदी रुघाँखोकी, ज्वरोसंगै बान्ता भएमा, पखाला लागेमा श्वास फेर्न गाह्रो भएमा तुरुन्त नजिकको अस्पताल लगिहालौ
  • प्राकृतिक कानुननियमसँग रही अनुशासनको दिनचर्यालाई अबलम्बन गरौ जे खान्छौ त्यो औषधीय होस्, खानासाथ लाभ मिलोस्     
  • पोषिलो घरमा बनेको खाने कुरा खाने बानी बसालौं हरियो सागसब्जी, फलफुल, दुध, गेडागुडी नियमित खाने गरौँ खानामा जति बिबिधता भयो, हामी त्यति स्वस्थ हुन्छौं भिटामिन C, B6, E, Zinc लगायत पोषण पाउने खाना सेवन गरौँ
  • भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ|
  • चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौं |
  • वृद्द, दीर्घरोगि, असाहाय, सुत्केरि महिला बच्चाहरुलाई विशेष ख्याल राखौ|

कोरोना भाइरसबाट विशेष गरि शरीरमा प्रतिरक्षा प्रणाली कम भएका व्यक्तिहरुलाई ज्यादा जोखिम रहन्छ, जसमा वृद्दहरू, सुत्केरी महिला तथा बच्चाहरु, दिर्घ रोगीहरु, कुलतमा लागेकाहरु, नियमित रुपमा औषधि प्रयोग गर्नेहरु, अनिद्रा-डिप्रेसन हुनेहरु पर्दछन् |

अब कुरा गरौ कोरोना संक्रमित व्यक्तिहरुको उपचार तथा रोकथामको लागि अबलम्बन गर्न सकिने योग, आयुर्वेद तथा घरेलु उपचारका उपायहरु

घरेलु आयुर्वेदिक उपचारहरू

  • भिटामिन C ले कोरोना बिरुद्द लड्नको लागि हाम्रो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउछ तेसैले नियमित रुपमा बिहान उठेपछि मनतातो पानिमा कागतीको रस मिलाएर पिउने गरौ| अमला मुखमा च्यापी राखौ|                     
  • भिटामिन D ले पनि भाइरस संग लड्न सहयोग गर्ने हुदा बिहानको घाम ताप्ने गरौ|
  • तुलसीको पात(५), अदुवा(२५ ग्रा), ज्वानो (५ ग़ा), बेसारको धुलो र कालो नुनलाइ २ गिलास पानीमा पकाउने अनि १ गिलास पानि बाकि रहेपछि निकालेर मनतातो बनाउने अनि बिहान १/२ गिलास र सुत्नुभन्दा पहिले १/२ गिलास पिउने|
  •  श्वासरोगनाशक काँढापानी : खएरको जरा,, अरेलु, सतुवा, कुठ वा पदमचाललाइ कुटेर पज़निमा बेस्सरी तताउने र दिनको पटक पिउनुपर्छ
  • दिनभर पानको पात वा बालहरितकी वा शुद्ध शोधित त्रिफलारसायन चुसिरहनुपर्छ
  • श्वासप्रश्वासशामक अर्क वा स्थानीय गाईको गोअर्क :३० मि.लि. पटक पिउनुपर्छ
  • आफ्नो घर वारिपरि जटामसी/सुगन्धवाल/सुनपाती/अदुवा/हलेदो/पाती आदिलाई जलाएर धुम चिकित्सा गर्न सकिन्छ|
  •  गिलोयमा Antibiotics गुण हुन्छ तेसैले गिलोय र अदुवालाई मिलाएर अलिकति टिमुर बेसारको धुलो मिसाउने र पानीमा पकाउने अनि दीनमा 3 चोटी पिउने|
  • कोरोना फैलिएको क्षत्रमा लसुन, ल्वांग, नीमका पात, अदुवा कुनै पनि चाप्न सकिन्छ जसले गर्दा कोरोना भाइरस शरीरमा प्रवेश गर्नु पूर्व नै नष्ट हुनेछ | यिनीहरुमा प्राकृतिक Antibiotics गुण रहेको हुन्छ|
  • असुरो (Justicia adhatoda) मा एन्टीस्पाज्मोडिक, डाईरेक्टीक गुण रहेको हुन्छ जसले गर्दा कफ जन्य रोग र निमोनिया मा विशेष फाइदा गर्दछ तेसैले कोरोनमा पनी यसको विशेस प्रयोग गर्न सकिन्छ| असुरोका पातलाइ उमालेर यसको रस दीनमा 2 पटक पिउने|
  • कोरोनाबाट बच्नको लागि वनेलु कन्दमूल,जैविक–अर्गानिक खाद्य,खस्रो गहुँ र कोदो मिसिएको पिठोको रोटी,सिप्लीकान र चिनीयासाग, भृङ्गराजसाग, असुरोकोपुष्प, वंशलोचन,रक्तअनार, रक्तपलासपुष्प, कोदो र सिस्नुको पातलो खोले, हरियो चोपिलो रस आउने विभिन्न आलो साग, दूधमा बेसार राखी पिउने गर्नुपर्दछ|
  • पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफुल नियमित खाएर शरीरलाई नियमित सिंचाई गरौँ । 
  • मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ ।

          सहरमा संक्रमण तीब्र देखिन थालेमा गाउँ जानु उत्तम विकल्प हो। गाउँघरतिर, नदीको छेउमा अनि वनजंगल प्रशस्त भएको ठाउमा कोरोना संक्रमण फैलिने सम्भावना एकदम न्यून हुन्छ।

कोरोना संक्रमणको योगीक उपचार
    योग सम्पूर्ण समस्याको एक समाधान हो | शरीरमा प्रतिरक्षा प्रणाली कमजोर भएकालाई नै कोरोनाको संक्रमण धेरै हुने गरेको पाइन्छ | योग चिकित्साले विशेष गरि प्राणउर्जा सिद्धान्तमा कार्य गर्दछ| शरीरमा समुचित प्राण तत्वको नियोजन गर्नु योग चिकित्सा को उद्देश्य हो| तेसैले कोरोना भाइरसबाट प्रतिरोधात्मक क्षमता विकास गर्नको लागि योग अत्यन्त लाभकारी रहन्छ| बिहान १ घण्टा गरिएको योगले तपाईलाई यो माहामारिबाट बचाउन सक्दछ| कोरोना भाइरसबाट सुरक्षित रहनको लागि निम्न योगीक अभ्यासहरुलाई समावेश गरौ|

  • प्रातकालीन जागरण बिहान 3 बजे देखि 5 बजे भित्र गरौ|
  • सुर्योदय भन्दा पहिले नै लामो गहिरो श्वासप्रश्वास 5 मिनेट, कपालभाती क्रिया 3 मिनेट, अनुलोम-विलोम 10 मिनेट, सितली प्राणायाम 2 मिनेट र भ्रामरी प्राणायाम 3 मिनेट क्रमिक रुपमा अभ्यास गरौ| यो अभ्यासले प्राण उर्जा त बढाउछ नै तेसको अलवा छाती तथा श्वासप्रश्वास प्रणालीलाइ नै बलियो बनाउछ|
  • शारीरिक अबस्था हेरेर सुर्य नमस्कार योगाभ्यासलाइ 3-5 चोटी गरौ | अन्य आसनहरुमा गौमुखासन, अर्धचन्द्र नमस्कार, हस्तउत्थानासन. चक्रासन, भुजंगासना, विरासना, सेतु-बन्दासना, सिंहासना आदि छातीलाई बल दिने  आसनका अभ्यास गर्न सकिन्छ |
  • अनुकुलता हेरेर यौगिक मुद्रा तथा बन्धका अभ्यास गर्ने|
  • यौगिक शोधन क्रिया जलनेती, कुन्जल, वातासार, वारिसार धौतीको अभ्यास गर्न सकिन्छ |
  •  १० मिनेट जति साक्षी ध्यानको अभ्यास गरौ|
  • नदीको छेउ, वन-जंगल को वरिपरी 15-20 मिनेट चंक्रमण (Morning walk) गर्ने|
  • दिल खोलेर हाँस्ने गरौँ ।

   रोग लागेर संक्रमित हुनु भन्दा अहिले नै आफुलाई सबल बनाउनु बुद्धिमता मानिन्छ| सामान्य घरेलु उपचार र नियमित योग अभ्यासले तपाईलाई कोरोना संग लड्न र दीर्घ जीवन जिउनको लागि धेरै सहयोग गर्नेछ| यो संक्रामक समयमा केहि व्यक्तिहरुले  अनावाश्यक हल्ला फैलाउने छन्, मानिसहरुलाई डराउन दिनेछन्, आफ्ना गैर-प्रामाणिक उत्पादनहरु प्रयोग गर्न लगाउनेछन तर हामि यसबाट कोहि विचलित हुनु हुदैन| केवल प्रमाणित सामानको प्रयोग र आधिकारिक तथ्ययुक्त समाचारको मात्र विश्वास गर्नुपर्दछ |
                                               रचनात्मक सुझाव सहित धन्यवाद 
                                                   योगाचार्य देवीलाल सुबेदी 
                                           एम.ए. योग एवं वैकल्पिक चिकित्सा विज्ञान